गुल्मीमा भूमिहीनलाई जग्गा दिन नापजाँच थालियो

गुल्मी । गुल्मीमा भूमिहीन र अब्यवस्थितहरुका लागि जग्गा उपलब्ध गराउनका लागि नापजाँच कार्य सुरु भएको छ। राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसोबासीहरुका लागि जग्गा नापजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।

जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्य भइरहेको ठकुरीले बताए ।

मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकामा पहिलो चरणको नापजाँच कार्य सम्पन्न भएको र चेकजाँचको साथमा प्रमाणीकरणको कार्य भइरहेको मल्लले बताए ।

यस्तै चन्द्रकोट गाउँपालिकामा नापजाँचको कार्य भइरहेको उनको भनाइ छ। चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले भूमिहीनहरुका लागि जग्गाको मालिक बनाउन स्थानीय सरकारले पहिलो प्राथमिकता दिएको बताए । पालिका भित्रका नागरिकहरुलाई जग्गाको मालिक बनाउन आफूले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

११ स्थानीय तहमा निस्सा वितरण

जिल्लाका ११ स्थानीय तहमा निस्सा वितरण गरिएको जिल्ला समितिले जनाएको छ। रेसुंगा नगरपालिका बाहेकका स्थानीय तहमा निस्सा वितरणको कार्य सम्पन्न भइसकेको जिल्ला अध्यक्ष ठकुरीले बताए ।

११ स्थानीय तहमा कुल एक हजार ६०२ लाभग्राहीहरुलाई निस्सा वितरण गरिएको सदस्य सीता बलालले जानकारी दिइन्। लाभग्राहीहरुले प्राप्त गरेको निस्साको आधारमा नै जग्गा नापजाँचको कार्य हुने भएकाले पहिलो प्रमाण नै निस्सा रहेको बलालको भनाइ छ ।

रेसुंगा नगरपालिकाको निस्सा तयार भइसकेकाले नगरको समन्वयमा निस्सा वितरण गरिने उनको भनाइ छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा भूमिहीन दलित ३०८, भूमिहीन सुकुम्वासी २६१ र अब्यवस्थित बसोबासी एक हजार ९८४ जना गरी कूल दुई हजार ५५३ जनाले आवेदन दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?