कांग्रेस नेता चन्द्र भण्डारी आईतबार स्वदेश फर्कने

बुटवल । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आईतबार स्वदेश फर्कने भएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनी स्वास्थ्यमा सुधार भएसँगै नेपाल फर्कन लागेका हुन् ।

भण्डारी नेपाल वायुसेवा निगमको विमानमार्फत आईतबार दिउँसो नेपाल फर्कने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार भण्डारीको बाँकी उपचार नेपालमै हुनेछ । नेपाल फर्केपछि उनी फिजियोथेरापी र आगोले पोलेको घाउ ड्रेसिङका लागि अस्पताल जानेछन् भने सामाजिक दुरी कायम गरेर भेटघाट गर्न सकिने न्यौपानेले बताए ।

काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा गत फागनु ३ गते ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भिर घाईते भएका थिए । उनकी आमा हरिकलाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?