घोराही सिमेन्ट घाटामा

काठमाडौं । घोराही सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनी ४१ करोड ८४ लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्ष यसै अवधिमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा आम्दानी बढ्दा पनि कम्पनी नोक्सानीमा गएको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ७१ करोड बिक्री आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ थियो ।

कम्पनीको बिक्री लागत बढेको छ । बिक्री लागत मात्रै १ अर्ब ५१ करोड रुपैयाँ हुँदा सकल नाफा १९ करोड ४७ लाख छ । प्रशासनिक खर्च, मूल्यह्रास, वित्तीय लागतजस्ता खर्चपछि कम्पनी नोक्सानीमा गएको देखिन्छ ।

कम्पनी खुद नोक्सानीमा गएसँगै प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९३ रुपैयाँ ८० पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?