अन्तर्राष्ट्रिय कराँते : पहिलो दिन नेपाललाई ६ स्वर्ण

रुपन्देही । जापान गोजुरियो कराँते डो मिसन सङ्घको आयोजनामा दोस्रो संस्करणको एमजीके दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पिएनसिप रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ शङ्करपुरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन कुमुतेतर्फ गरी सात स्वर्णको छिनोफानो भएको छ ।

कुमुतेतर्फ पुरुषमा दुई र महिलामा पाँच स्वर्णको छिनोफानो हुँदा नेपालले छ स्वर्ण हात पारेको छ । त्यस्तै भारतले एक स्वर्ण र भूटानले रजत पदक जितेको छ ।

शङ्करपुरस्थित गाउँले ससुराली होटलको हलमा आयोजित प्रतियोगितामा महिलातर्फ २५, ३०, ३५, ६० र ४५ केजीमुनि तौल समूह र पुरुष ३० र ४० केजमुनि तौल समूहमा प्रतिस्पर्धा भएको थियो । पुरुष ३५ केजीमुनि तौल समूहमा नेपालका सुजन भण्डारीले स्वर्ण हात पारी नेपालका लागि खाता खोल्नुभएको आयोजक संस्थाका उमेश थापाले जानकारी दिए ।

प्रतियोगितामा पुरुष २५, २७, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६८ र ७५ केजीमुनि तौल समूह तथा महिलाका लागि २५, ३०, ३५,४०, ४५, ५०, ५५, ६१ र ६८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष आठ र नौ वर्ष तथा १० देखि १३ वर्ष उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्था जापान गोजुरियो मिसन डो सङ्घका प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलकुदको विकास र विस्तारलाई अझै प्राथमिकतामा दिनुपर्ने बताए ।

पछिल्लो समय खेलप्रति आम नागरिकको चासो बढेको जनाउँदै उनले खेलाडीलाई आर्थिकरूपमा आत्मनिर्भर हुन र युवालाई कुलतबाट जोगाउन खेलकुदको विकास अपरिहार्य रहेकामा जोड दिए ।

उपप्रमुख जगेश्वरीदेवी चौधरीले खेलकुद व्यक्तिको स्वास्थ्यसँग जोडिएकाले यसको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

दुई दिनसम्म हुने प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी करिब दुई सय सय खेलाडी सहभागी रहेको आयोजक संस्था जापान गोजुरियो मिसन डो सङ्घका प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिए ।

प्रतियोगिता सुरु हुनुपूर्व स्थानीय टोल विकास समिति, आमा समूह र खेलाडीसहित विभिन्न झाँकीसहितको र्याली निकालिएको थियो । –रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?