सामानको तौल कम गरी बेच्ने केल दुगडलाई कारबाही हुने

बाँके । बाँकेको गनापुरमा रहेको केल दुगड समूहले चामल र चिउरामा तौल कम गरी ठगी गरेको पाइएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको अनुगमनमा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि जरिवाना र आवश्यक कारबाही गर्ने भएको हो ।

केल दुगडले उत्पादन गरेको २० किलोको चिउरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्रामदेखि २०० ग्रामसम्म घटाएर बेचेको गुनासो आएपछि समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानले अनुगमन गरेका थिए ।

अनुगमन पछि सोमबार पत्रकारहरूसँग कुरा गर्दै सभापति खानले उपभोक्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिने बताए ।

केल दुगडका केही कर्मचारीहरूले अनुगमनमा अवरोध गरेका थिए । अवरोध पछि प्रहरीको सहयोगमा खानले उद्योग भित्र अनुगमन गर्दा ठगी गरेको पाइएको थियो ।

केल दुगडका प्राविधिक म्यानेजर प्रेम कुमार शर्माले केही खाद्यान्नमा तौल कम भएको स्वीकारदै उक्त गल्तीलाई सुधार गर्ने प्रतिबद्धता जनाए । खानले आइतबार केल दुगड, पानस कम्पनी र अम्बे स्टिलको समेत अनुगमन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?