होल्डिङ सेन्टरको विकल्प खोजिँदै

बाँके । कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।

तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले प्राप्त सुझावका आधारमा मन्त्रालयलाई प्रस्ताव पठाएको हो । “हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के–के गर्न सकिन्छ भनेर सुझाव मागेको थियो, तीन विकल्प पठाएका छौँ”, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने ।

स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुनःस्थापना केन्द्रको सम्भावना औँल्याएको छ । पुनःस्थापना केन्द्र सञ्चालन गर्न सके एकै ठाउँमा धेरैलाई सेवा दिन सकिने उनको भनाइ छ ।

होल्डिङ सेन्टरलाई अस्पतालका रूपमा उपयोग गर्नसमेत सुझाव आएको छ । भेरी अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले वैकल्पिक अस्पतालका रूपमा उक्त संरचना प्रयोग गर्न प्रस्ताव गरिएको छ ।

प्रजिअ आचार्यले भने, “होल्डिङ सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रूपमा चलाउने विषयमा पनि छलफल भएको छ ।”

विपद्का बेलामा बाढीपीडितलाई राख्न सकिनेलगायत विषयमा पनि छलफल भएको छ । “निजी क्षेत्रका लागि निश्चित समय ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको छ”, उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?