नाक कोट्याउने बानी छ ? ख्याल गर्नुहोस हुनसक्छ अल्जाइमर !

काठमाडौं । सन् २०२२ को एक अध्ययनले नाक कोट्याउनुले डिमेन्सिया बढाउने सम्भावना देखाएको छ । औँला हालेर फोहोर निकाल्दा नाकको भित्री तन्तुहरूमा क्षति पुग्ने र फलस्वरूप गम्भीर किसिमका ब्याक्टेरियाहरूले मष्तिस्कमा सहज पहुँच पाउने अध्ययनले देखाएको छ ।

यसरी ती ब्याक्टेरियाहरूले अल्जाइमरको लक्षणसँग मिल्दोजुल्दो प्रतिक्रिया दिने गर्छन् । यो अध्ययन मानिसहरूमा नभएर मुसामा गरिएको थियो । अहिलेसम्म रहस्य रहेको अल्जाइमर सुरु हुने विषयमा यो महत्त्वपूर्ण अनुसन्धानको बिषय बन्नसक्ने देखिएको छ ।

अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका वैज्ञानिकहरूको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले क्ल्यामिडिया निमोनिया नामक ब्याक्टेरियामा यो परीक्षण गरेको थियो । यो ब्याक्टेरियाले मानिसलाई संक्रमित गर्न सक्छ र निमोनिया हुन सक्छ ।

यो ब्याक्टेरिया डिमेन्सिया भएका अधिकांश मानिसहरूको मष्तिस्कमासमेत पाइने गर्छ । डिमेन्सिया भनेको आफ्नो दैनिक जिवनका क्रियकलापहरू नै गर्न नसक्ने गरी मष्तिस्कको स्थिति कमजोर हुनु वा सम्झिने क्षमता हराउनु, मेमोरी लस हुनु हो ।

अल्जाइमर भनेको एक किसिमको मष्तिस्कमा हुने रोग हो यसले सुरुमा सामान्यरूपमा सम्झने क्षमता कम गर्दै डिमेन्सिया गराउनसक्छ । हाल डिमेन्सियाको प्रमुख कारणका रूपमा अल्जाइमर रहेको छ ।

मुसामा गरिएको परीक्षणले यो ब्याक्टेरिया ओल्फ्याक्ट्री नर्भ नाकको भित्री भागदेखि मस्तिष्कसम्म फैलिएको स्नायुमा जानसक्ने देखाएको छ । अध्ययनले नाकको प्वालभित्र माथिल्लोतर्फ हुने तत्नुमा क्षति पुग्दा संक्रमण झनै बढेको देखाएको छ ।

यसले मुसाको मस्तिष्कमा एमाइलोइड बिटा प्रोटिन संकलनको मात्रा बढाएको पाइयो । यो एक प्रकारको प्रोटिन हो जुन संक्रमणको प्रतिक्रियामा उत्पन्न हुन्छ । यो प्रोटिन अल्जाइमर रोग भएका व्यक्तिहरूमा पनि पाइनेगर्छ । – बीबीसीबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ