पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सा नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गुल्मीबाट बुटबलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी विरेन्द्र थापाले लुम्बिनी न्यूजलाई जानकारी दिए ।

दुर्घटनामा घाईते भएका न्यौपानेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बसलाई स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको डिएसपी थापाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?