यस्ता छन् सुन्तलाका फाइदा

काठमाडौं । यो सिजन सुन्तलाको हो। चिसो मौसममा पाइने सुन्तला सेवनलाई लिएर आ–आफ्नै खालका धारणा सार्वजनिक भैरहेका हुन्छन्। कतिपयले सुन्तला सेवनले चिसो लाग्ने पनि बताउँदै आएका छन् ।

तर, सुन्तलाको सेवन स्वास्थ्यका लागि अत्यन्तै लाभदायक रहेको पोषणविद्हरु बताउँछन्। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो।

यस्ता छन् सुन्तलाका फाइदा

१. रोग प्रतिरोधात्मक क्षमता बढाउन

सुन्तलामा प्रसस्त मात्रालमा भिटामिन सी पाइन्छ। भिटामिन सी प्रसस्त भएको सुन्तलाले तपाईंमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तपाईंलाई रोगहरू लाग्नबाट बचाउँछ। चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ।

२. छालाको सुन्दरता बढाउँछ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईको छालालाई सुन्दर बनाउँछ। त्यसैले तपाईको अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ।

३. मुटुलाई स्वस्थ राख्छ

सुन्तलामा हुने पोटासियमले तपाईको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ।

४. क्यान्सरको जोखिम कम गर्छ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईलाई क्यान्सर हुन दिँदैन। नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्छ।

५. आँखाको दृष्टिलाई फाइदा

सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ।

६. कब्जियतबाट बचाउँछ

सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिँदैन। त्यस्तै सुन्तलामा हुने रेशायुक्त पदार्थले पाचन प्रणाली समेत राम्रो बनाउँछ।

७. कलेजो जोगाउँछ

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

८. कोलेस्टरोल घटाउँछ

सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

९. भाइरल इन्फेक्सन हटाउँछ

सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्। यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

१०. रक्तचाप नियन्त्रण गर्छ

सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ