फुसका छाना हटाउँदै खजुरा गाउँपालिका

बाँके । बाँकेको खजुरा गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत विशेष अनुदानमा फुसका छाना हटाउने भएको छ ।

गाउँपालिकाभित्रका सबै फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित घर बनाउन योजना अघि बढाइएको खजुरा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा एक सय ५६ घरधुरीमा फुसका छाना हटाएर टिनको छाना लगाइने जानकारी दिए ।

“लाभग्राहीसँग सम्झौता सुरु भइसकेको छ, यसलाई वैशाख १४ गतेभित्र सक्ने गरी काम भएको छ”, उनले भने । एउटा घरका लागि रु ५० हजार बजेट छुट्टाइएको छ ।

यसका लागि गाउँपालिकाले केही समयअघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरेकोमा एक सय ५७ परिवारले आवेदन दिएका छन् । तर एक जनाको आवेदन विवादित भएकाले उनको विषयमा छानविन भइरहेको जनाइएको छ ।

खजुराले फुसको छाना हटाइ टिनको छाना लगाउन रु ८० लाख बजेट छुट्ट्याएको छ । पहिलो चरणमा एक सय ५६ घरमा टिनको छाना लगाउने गरी सहयोग गरिने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए ।

“यसपटक पालो नपाउनेले अर्को वर्ष प्राथमिकतामा पर्नुहुनेछ, गत वर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत एक सय ८७ जनाले फुसको छाना हटाएर जस्ता पाता लगाउने सेवा लिनुभएको थियो”, उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?