१९७० मा चोरी भएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइयो

टेक्सास । अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ ।

क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएका हुन् ।

फिलिप्सले बुद्धको प्रतिमा नेपाल सरकारका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए ।

ढुङ्गाबाट बनाइएको बुद्धको प्रतिमा आठौँं शताब्दीमा निर्माण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । बुद्धको प्रतिमा मच्छिन्द्र वहाल ललितपुरवाट सन् १९७० को समयमा चोरी भएको थियो । –रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?