रुसी सेनामा भर्ती भएका बाँकेका सञ्जयको युद्धमा मृत्यु

बुटवल । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा बाँकेका एक युवकको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै युद्धमा बाँकेका सञ्जय केसी सहित ७ जनाको मृत्यु भएको सार्वजनिक गरेको हो ।

यस्तै मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ