बुटवल । नेकपा (एकिकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा विनोद परियार चयन भएका छन् । आज भएको प्रथम जिल्ला अधिवेशनले परियारलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संगठनको उपाध्यक्ष उषाकिरण पन्थ र पुनहरि बेलबासे, सचिवमा प्रतीक पौडेल, सह–सचिवमा अस्मिता अधिकारी, कोषाध्यक्षमा शिशिर पाण्डे चयन भएका छन । यस्तै सदस्यहरुमा माधवेन्द्र यादव, बसन्त चन्द, गणेश नेपाली, जगन्नाथ सहनी, धनु गुरुङ र प्रशंसा भण्डारी चयन भए ।

