पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाईते

बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आज साँझ भएको दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो ।

घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय दिलबहादुर गाहाले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ ।

रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।

बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उद्धार थालेका थिए । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ । मृतकको पहिचान खुलेको छैन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?