भुमिकास्थानले कृषि उत्पादनको बजार सुनिश्चित गरिदिने

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गरिदिने भएको छ ।

कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएर अगाडी बढेको नगरले बजार व्यवस्थापनको जिम्मा लिने नगरप्रमुख झविलाल थापाले घोषणा गरे ।

कृषि टेवा कृषक समुह भुमिकास्थान नगरपालिका–२ ठुलाखर्कले आयोजना गरेको मकै प्रर्वद्धन कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत नारायण पोखरेल र कृषि शाखा प्रमुख राम बहादुर थापाले कृषि उपजको बजारीकरण गर्ने जिम्मा नगरले लिने प्रतिबद्धता जनाए ।

नगरपालिकाले पञ्चवर्षीय आवधिक योजनामार्फत काम गरिरहेको बताउँदै नगरप्रमुख थापाले सोही योजना र नीति अनुसार वितरणमुखी अनुदानलाई निस्तेज गर्दै उत्पादनको बजारीकरण, प्राविधिक तथा प्रविधिमा सहयोग गर्ने नीति लिएको बताए ।

बाँदर, बँदेल जस्ता जंगली जनावरहरुको आतंकबाट बच्न सामुदायिक वन तथा खोरियामा ती जनावरले खाने फलफुलको खेती र मुल खेतबारीमा व्यवसायिक खेती गर्नुपर्ने उनको सुझाव छ ।

कृषि टेवा कृषक समुहले यसवर्ष ५ टन ‘मनकामना–३’ मकैको बीउ उत्पादन गर्ने लक्ष्य लिएको समुहका सहजकर्ता कुलराज खनालले बताए ।

उनले नगरपालिकाको ४ लाख र कृषकहरुको ४ लाख ३८ हजारको लागतमा दुई सय ६० किलो स्रोत बीउ रोेपेको बताए । कार्यक्रममा कृषकलाई मिनिटेलरलगायतका कृषि सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ