back to top

कृतार्थ र स्नेहाले जिते मिस्टर एण्ड मिस पश्चिमाञ्चल सिजन ५ को उपाधी

बुटवल । कृतार्थ श्रीवास्तव र मिस स्नेहा श्रेष्ठले ‘मिस्टर एण्ड मिस पश्चिमाञ्चल–५’ को उपाधि जितेका छन् । आरएनसी स्टाइल्सको आयोजनामा विहिबार भएको ग्राण्ड फिनालेमा प्रतियोगिताको उपाधि जित्दै उनीहरुले नगद २५/२५ हजारसहित विभिन्न आकर्षक उपहारहरु हात पारे ।

प्रतियोगितामा दर्शक छनोटअन्तरगत दिपेश लामा, स्माइरा भुसाल, रनर अपमा दिपेश लामा, शालु परियार, दोस्रो रनर अपमा जेसन गहतराज, एलिना चौधरी, दोस्रो रनर अपमा सुजल बस्याल, सानिया चालिसे र आयोजक छनोट अन्तरगत फ्रान्सिस बस्याल, जेसन गहतराजले सब–टाईटल जितेका छन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी ४०/४० जना महिल तथा पुरुष प्रतियोगीहरुबाट विभिन्न चरणको छनोट पार गर्दै फाइनलिस्ट तय भएको निर्देशक सुजित बस्यालले जानकारी दिए ।

कृतार्थ र स्नेहाले जिते मिस्टर एण्ड मिस पश्चिमाञ्चल सिजन ५ को उपाधी - Lumbini News

उनकाअनुसार गत असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई शनिबार बुटवलको आरम्भ रिसोर्टमा क्लोज क्याम्प गर्दै १०/१० जना फानालिस्ट छनोट गरिएको थियो ।

१६ वर्षदेखि २४ वर्षसम्मका युवाहरु सहभागी प्रतियोगितामा मिस नेपाल इन्टरनेशनल–२०१९ मिरा कक्षपति, मिस्टर नेपाल नूतन श्रेष्ठ, डिजाइनर अमित बराल र आन्याले निर्णयकको भुमिका निर्वाह गरको निर्देशक बस्यालले बताए ।

अडिसन राउण्डसँगै २५ दिनको ट्रेनिङ र क्लोज क्याम्पलगायतका चरणहरु पार गर्दै उनीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धी उत्पेरणामुलक ज्ञान र सीप प्रदान गर्ने काम भएको आरएनसी स्टाइल्सका सिईयो रेशक न्यौपानले जानकारी दिए ।

रुपन्देहीसहित रौतहट, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाहरुबाट सहभागी प्रतियोगितामा १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?