back to top

पाल्पा दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, मृत्यु हुनेमा प्रहरी हवलदार पनि

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिकाङ–२ जोर्तेमा पहिरोले जीप पुर्दा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीय मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवलदार तानसेनका करिब ३२ वर्षीय यमबहादुर बोहोरा र कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गुल्मीको रेसुङा नगरपालिका–८ खानीगाउँका ३६ वर्षीय बालकृष्ण श्रेष्ठ (चालक), अन्दाजी ४० वर्षीय शोभा घर्ति मगर, ३७ वर्षीय सुस्मा राना, उनकी छोरी ६ वर्षीय सुरबी र ५ महिनाकी सुबिया राना, ४५ वर्षी टेक बहादुर घर्तीमगर, २७ वर्षीय स्विकृती थापा र उनका ५ वर्षीय छोरा ५ सुरेन थापा घाईते भएका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ ।

गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पाल्पा–तम्घास सडकखण्डको जोर्तेमा सडकमाथिबाट खसेको सुख्खा पहिरोले पुरेको थियो । अफ्ठेरो र कटान भइरहेको मोडमा सडकमाथिबाट ढुंगे पहिरो खसेपछि सडक बन्द छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?