बुटवल । कांग्रेस नेता जानकीलाल बस्नेत लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका छन् ।
बस्नेतलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राज्यमन्त्रीसरह सेवा सुविधा दिनेगरी आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुनेगरी बस्नेतलाई प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको हो । बस्नेतले आइतबार पदभारसमेत ग्रहण गरेका छन् ।

