back to top

इजरायली सेनाले उद्धार गरेका नेपाली विद्यार्थीमध्ये ७ जना लुम्बिनी प्रदेशका (नामावलीसहित)

बुटवल । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।

उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

उद्धार गरिएकामध्ये ७ जना विद्यार्थी लुम्बिनी प्रदेशका छन् । परराष्ट्र मन्त्रलायका अनुसार उद्धार गरिएकाहरूको नाम कार्यरत कृषि फर्म र नेपालको ठेगाना :

  • बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
  • नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
  • मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
  • लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
  • समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
  • शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
  • बिपिन सुवेदी – त्रिपुर ५, दाङ

  • रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
  • बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
  • आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
  • नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर
  • लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
  • रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
  • निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
  • अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली
  • उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली

  • ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
  • गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
  • प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत
  • गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
  • श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
  • बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली
  • नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत

  • प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी
  • अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
  • निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली

  • बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन
  • सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
  • रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
  • आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली

  • कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
  • साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान

इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् । हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ ।

अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?