बाँकेमा विद्यालयको बस पल्टिँदा एक विद्यार्थीको मृत्यु

नेपालगन्ज  । बाँकेको खजुरामा सोमबार बिद्यालयको बस पल्टिँदा एक जना विद्यार्थीको मृत्यु भएको छ। खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो ।

घटनामा मृत्यु हुनेमा कक्षा ६ मा पढने १२ वर्षीय योसेप नेपाली रहेको प्रहरीले जनाएको छ । दसैं बिदा सुरु हुनुअघि विद्यालयमा परीक्षा थियो ।

परीक्षा दिएका विद्यार्थी पुर्‍याउन उक्त बस सिमलघारी जाने क्रममा दुर्घटनामा परेको हो । बसमा ४० जना विद्यार्थी थिए । केही घाइतेको उपचार भइरहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ