बाँकेमा मृत भेटिएको बाघको शव परीक्षण

जानकी । बाँकेको एक सामुदाकि वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा शारदा श्रेष्ठका अनुसार उक्त पाटेबाघको परीक्षण रिपोर्टमा आन्तरिक करङमा चोटपटक लागेको, लामो समयदेखि भोको भएको र निमोनियाको सङ्केत देखिएको छ ।

बाघले कुनै पनि विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको पशु चिकित्सक डा श्रेष्ठले जानकारी दिइन् । “उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशङ्कामा शवपरीक्षण गरिएको थियो, तर परीक्षणमा बाघको मृत्यु मानिसले मारेको नभई आफ्नै केही रोग र भोकका कारणले मरेको देखिएको छ”, डा श्रेष्ठले भनिन् ।

जङ्गलमा पानीको खाडल नजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोकोजस्तो देखिने, मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृतावस्थामा फेला परेको जनाइएको छ ।

मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार बाघको मृत शरीरबाट नमूनाहरु सङ्कलन गरेर परीक्षण गरिएको थियो । सङ्कलन गरिएका नमूनाहरुको नेपाल प्रहरीको नेपालगञ्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिए ।

गत असोज १० गते बाँकेको राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?