back to top

बालिकाको हत्या गर्ने भारतीय नागरिक जेल चलान

खजुरा । बाँकेमा एक चौध बर्षीया बालिकालाई कर्तव्य गरी ज्यान मारेका एक भारतीय नागरिक कारागार चलान भएका छन् ।

डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ बर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागञ्ज भारतका ३० बर्षीय महेश चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रनाउ डाँगीका अनुसार निज चौहानले सोही ठाउँका रामकुमार बाहुनको खेत ट्र्याक्टरले जोत्ने क्रममा गत कार्तिक १४ गते खेतमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको भनी प्रहरीलाई सूचना दिएका थिए ।

सूचना प्राप्त गरेपछि शङ्का लागेर ट्र्याक्टर चालक चौहानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा निज चौहानले नै बालिकालाई कर्तव्य गरी ज्यान मारेको खुलेको सूचना अधिकारी डाँगीले बताए ।

चौहानले नै बालिकाको ज्यान मारेको खुलेपछि सोही अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको र बाँके जिल्ला अदालतले सोमबार चौहानलाई पुर्पक्षमा कारागार कार्यालय बाँकेमा चलान गरेको उनले जानकारी दिए ।

चौहानलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैद हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारत घर भएका चौहान डुडुवा गाउँपालिका वडा नं. १ गुलरिया गाउँस्थित आफ्नो ससुराली घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?