मुसिकोट नगरपालिका आफ्नै भवनमा

गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको आफ्नै भवन निर्माण भएको छ । गुल्मी जिल्लामा पनि १२ स्थानीय तहमध्ये अझै पनि स्थानीय सरकार आफ्नै प्रशासनिक भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

मुसिकोट नगरपालिकाको वडानम्बर ७ वामीटक्सारमा नवनिर्मित प्रशासनिक भवनको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटना गर्दै ओलीले छिटो छरितो ढंगले सेवा प्रधान गर्न आग्रह गरे । भनवलाई डिजिटलाइज गरेर सेवाप्रवाहलाई सहज रुपले प्रधान गर्न जोड दिए ।

भवन उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र जग्गा दाता शोभाखर सापकोटा, लोकबहादुर पन्थी, हरिलाल सापकोटा, सीता सापकोटा, टीकाराम सापकोटा, नरबहादुर काफेलेलाई सम्मान समेत गरिएको थियो ।

२२ रोपनी क्षेत्रफलमा तयार भएको भवनको ११ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका थिए । बाँकी जग्गा नगरपालिकाले खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवरले बताए ।

आधुनिक शैलीमा निर्माण गरिएको ४ तले भवनमा सभाहल सहित लिफ्ट सिस्टम समेत राखिएको छ । सुविधा सम्पन्न चार तले भवन ८ करोड ४८ लाख ११ हजार ४२० रुपियाँको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?