back to top

कपिलवस्तुमा गहना चोरी गर्ने गिरोह पक्राउ

कपिलवस्तु । सुनचाँदीका गरगहना चोरी गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–२, गोबडिहवामा डेरा गरि बसेको ठाउँबाट चार जनालाई पक्राउ गरिएको हो । उनीहरुले पोलेपछि थप दुई जना पक्राउ परेका थिए ।

उनीहरुको शंकास्पद गतिविधिबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली उनीहरुको डेरामा पुगेर चोरी गरिएका सरसमान र अवैध लागुऔषध ब्राउन सुगर ७१० मिलिग्रामसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२, बस्ने २३ वर्षका मुक्ति खनाल र रुपन्देहीको सैनामैना नगरपालिका–९, बस्ने १८ वर्षका मनोज दर्जी र १८ वर्षकै समिर परियार रहेका छन् ।

त्यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २, का २६ वर्षे विबेक थापामगर, कपिलवस्तुकै वाणगंगा नगरपालिका–२, बस्ने २८ वर्षका विनोद परियार र ३३ वर्षका बिष्णु श्रेष्ठ पक्राउ परेका छन् ।

उनीहरुले वाणगंगा नगरपालिकाका विभिन्न १०र११ ठाउँबाट चोरी गरेका थिए । उनीहरुका साथबाट लु३६प १९३९ नम्बरको कालो रंगको पल्सर र लु३९प ८२८२ नम्बरको होण्डा साईन मोटरसाईकल बरामद गरिएको छ । त्यस्तै विभिन्न दरको नोट र सिक्का गरि ३ लाख ४९ हजार २५५ रुपैया पनि बरामद गरिएको छ ।

भारतीय सेनमा कार्यरत सैनिकको ८ थान चाँदीका तक्मा पनि बरामद गरिएको छ । सुन जस्तो देखिने तिलहरी, माईली तिलहरी, औंठी, सिक्री, बाला, चन्द्रमा, झुम्का, ब्रासलेट र चुराका टुक्रा पनि बरामद गरिएकोछ ।

विभिन्न कम्पनीका ९ थान मोबाईल, ल्याबटप, डिजिटल क्यामरा, चक्कु र दाप सहितको तिखो हतियार पनि बरामद गरिएको छ ।

उनीहरु कोरियन भाषा सिक्ने भन्दै गोबडिहवामा भाडामा एउटा कोठा लिएर बसेका थिए । घरको कोही नभएको रेकी गर्दै उनीहरु चोरी गर्दै आएको ईप्रका पिपराका प्रमुख निरीक्षक गोपलजंग रायमाझीले बताए ।

‘६/७ जनाले आफ्नो समान चोरी भएको सनाखत गरिसकेका छन्,’ उनले भन्,‘अब उनीहरुबाट जाहेरी दिएर मुद्दा चलाउँछौं ।’

६ जनालाई भने अहिले अवैध लागुऔषध ब्राउन सुगरमा म्याद थपेर मुद्दा चलाईएको उनले बताए । यो गिरोहकाबारेमा अन्य ठाउँबाट पनि सोधपुछ भईरहेको छ । यस्तै प्रकृतिका चोरी रुपन्देहीको सालझण्डी र कपिलवस्तुको शुद्धोधन गाउपालिकामा भएको देखिएकाले त्यतापनि अनुसन्धान केन्द्रित गरेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?