नेपालगन्जबाट भन्सार छलेर ल्याइएको १५ क्विन्टल भन्दा बढी प्याज बरामद

बाँके । प्रहरीले नेपालगन्जबाट भन्सार छलिको प्याज बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलिले नेपालगन्ज उपमहानगरपालिका–१० आर्दश नगरबाट वेवारिसे अवस्थामा रहेको प्याज बरामद गरेको हो ।

वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हरि बहादुर बिसीका अनुसार भारतबाट चोरी पैठारी गरि भित्र्याइएको १५ क्विन्टल बढी प्याज बरामद भएको हो ।

उक्त प्याजको मूल्य करिव एक लाख आठ हजार बराबर रहेको पनि उनले बताए । प्रहरी निरीक्षक बिसीको नेतृत्वमा खटिएको प्रहरीको टोलिले मुकेश पन्तको घर अगाडी बेवारिसे अवस्थामा राखिएको १५ दशमलव ५० क्विन्टल प्याज बरामद भएको हो । बरामद गरिएको प्याज नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

नेपालमा प्याजको मूल्य बढेपछि तस्करहरुले भारतबाट प्याज भित्र्याउने गरेका छन् । भारतमा सस्तो मूल्यमा प्याज भित्र्याएर उनीहरुले नेपालमा महंगोमा विक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?