बुटवल । पाल्पामा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–४, खोप्लाकका ७१ वर्षीय बेलबहादुर खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
बुधवार राति ढुंगानावेशीबाट घर फर्किने क्रममा निस्दी–५ गेझामा बाटोबाट चिप्लिएर लड्दा उनी गम्भीर घाइते भएका थिए ।
खाम्चालाई उनका छोराले भीरमा अड्किएको अवस्थामा फेला पारी रामपुरस्थित रामपुर अस्पतालमा उपचारका लागि पुर्याएका थिए । त्यहाँबाट उनलाई प्रभासस्थि लुम्बिनी मेडिकल कलेजमा रेफर गरेको थियो ।

