प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको भने ४ जना घाइते भएका छन् ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ आमडाँडामा लु २ च ६१ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँका ६८ वर्षीय झमी घर्ती मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको अस्पतालमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?