नेता बस्याललाई एमालेले गर्‍यो कारबाही

बुटवल । नेकपा (एमाले)ले पार्टीका नेता डा. रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका बस्याललाई एमालेले निष्काशन गरेको हो ।

एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले शनिवार एक विज्ञप्ति जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको भन्दै त्यसविपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्काशन गरिएको जनाएका छन् ।

‘एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीतिविरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार गर्न सकिँदैन । यसप्रकारको अनुशासनहीनता क्षम्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्काशन गरिएको छ ।’

पूर्वराजा ज्ञानेन्द्र यही १५ पुसभित्र भैरहवामा आउने तयारी छ । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

यसैबीच डा बस्यालले भने आफूले एमाले छाडिनसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसँग असहमत रहेको बताए ।

‘हिन्दु राष्ट्र र प्रदेशसहितको संघीयताप्रति जनता सहमत छैनन्, विरोधमा छन्,’ बस्यालले भने, ‘यी दुई एजेण्डामा म पनि पार्टीसँग सहमत थिइन, देश बचाउन पूर्वराजाले गर्ने राम्रा काममा मेरो समर्थन रहन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?