दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-११ कटाँहाका ६० वर्षीय गणेश बस्नेतको आइतबार बेलुका उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर नवचन्द्र मल्लका अनुसार भारतबाट शव ल्याएर पोष्टमर्टमका लागि सोमबार बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
तुलसीपुर बजारदेखि कटाँहास्थित गाउँ जाने क्रममा पुस २ गते दिउँसो पौने २ बजेतिर आफैले चलाएको रा ५ प २९५६ मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
तुलसीपुर–कटाहा सडकखण्ड अन्तर्गत तुलसीपुर – १० गौरीगाउँको मोडमा बस्नेत दुर्घटनामा परेका थिए ।बस्नेतलाई अकास्मात् प्रेसर बढेर स्वास्थ्य अवस्था बिग्रिएपछि उनले चलाएको मोटरसाइकल दुर्घटना भएको इन्स्पेक्टर मल्लले जानकारी दिए। ।

