back to top

आफ्नै पत्नीसँग अप्राकृतिक यौन सम्पर्क गर्दा पतिलाई ९ वर्षको जेल सजाय

भारतस्थित छत्तीसगढको दुर्ग जिल्लाको फास्ट ट्र्याक अदालतले श्रीमतीसँग अप्राकृतिक यौनसम्बन्ध राखेको कसुरमा श्रीमान्‌लाई ९ वर्ष कैद र १० हजार रुपैयाँ (भारतीय) जरिवानाको सजाय सुनाएको छ।

साथै श्रीमतीलाई कुटपिटको कसुरमा उनलाई १ वर्ष कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय पनि हुनेछ । भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन दुर्व्यवहारको बहस चलिरहेका बेला सोमबार उक्त फैसला आएको बीबीसी हिन्दीले जनाएको छ ।

सोमबार नै भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय न्यायिक संहितासहित तीनवटा विधेयकलाई आफ्नो स्वीकृति दिएकी छन्। नयाँ भारतीय न्याय संहितामा भने अप्राकृतिक यौन कार्यको धारा ३७७ खारेज गरिएको छ ।

तर उक्त धारा खारेज हुनुअघिको फैसलाबमोजिम निमिष अग्रवाललाई जेल पठाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

घटना के हो?

यो फैसलापछि पीडित महिलाले भनिन्, ‘मलाई सबै प्रकारले यातना दिइयो। मलाई मानसिक, शारीरिक, सामाजिक, आर्थिक रूपमा यातना दिइयो। म आशा गर्छु– अन्य महिलाले पनि अप्राकृतिक यौनसम्पर्कको उजुरी गर्न लाज नमानून्। उनीहरू अगाडि आएर आफ्नो अधिकारका लागि आवाज उठाउन्।’

उनले थपिन्, ‘म महिलाहरूलाई भन्न चाहन्छु– तपाईंको मन वा शरीरमा चोट लागेको छ भने आवाज उठाउनूस्। समाज र कानुन अहिले धेरै जागरुक भइसकेको छ ।’

यसैबीच पीडित महिहलाका वृद्ध बुबाले आफू र आफ्नो परिवारले धेरै वर्षदेखि भोगेको यातना कसैले कल्पना पनि गर्न नसक्ने बताएका छन् ।

पीडितका वकिल नीरज चौबेका अनुसार यस मुद्दामा पीडितकी सासू र ससुरालाई पनि १० महिना कैद सजाय सुनाइएको छ। त्यसैगरी अदालतले पीडितकी भाउजूलाई ६ महिना कैद सजाय सुनाएको छ ।

अदालतमा परेको मुद्दाअनुसार दुर्ग व्यवसायी निमिष अग्रवालले सन् २००७ जनवरी १६ मा दुर्ग व्यापारीकी छोरीसँग विवाह गरेका थिए ।

इन्गेजमेन्टपछि निमिष र उनका बुवाले आर्थिक अभाव भएको भन्दै पीडितसँग पैसा माग्न थालेको आरोप छ। विवाहपछि यो माग झन् बढ्यो ।

विवाहपछि आफ्ना बुबाले विभिन्न पटक गरेर ३ करोड ५ लाख रुपैयाँ दिएको पीडित महिलाको दाबी छ । तर निमिष र उनको परिवार १० करोड रुपैयाँ र बीएमडब्ल्यू कारको मागमा अडिग रहे। त्यसपछि पीडितविरुद्ध कुटपिट सुरु भयो । निमिष अग्रवालका बुवा, आमा र बहिनी पनि त्यसमा सहभागी भए ।

२०११ मा आफू गर्भवती भएको र परीक्षणबाट गर्भमा रहेको बच्चा छोरी भएको खुलासा भएपछि उनका श्रीमान् र परिवारका सदस्यले गर्भपतन गराउन दबाब दिएको तर आफूले नमानेको पीडितले उल्लेख गरेकी छन्। छोरीको जन्मपछि आफूलाई कुटपिटको अर्काे बहाना मिलेको ती महिलाको दाबी छ ।

अनि अप्राकृतिक यौन सम्पर्क

पीडित महिलाका अनुसार आफूलाई यातना दिन पतिले आफूसँग अप्राकृति यौन सम्पर्क गर्न थाले। यस क्रममा पतिले पोर्न फिल्म हेर्ने र आफूसँग त्यस्ता भिडिओ पनि बनाएको पीडित महिलाको भनाइ छ ।

नयाँ कानुनमा धारा ३७७ को जस्तो प्रावधान छैन

उच्च अदालतका अधिवक्ता तथा सामाजिक अभियन्ता प्रियंका शुक्लाले राष्ट्रपतिले सोमबार भारतीय दण्ड संहितालाई प्रतिस्थापन गर्ने भारतीय न्यायिक संहिता (बीएनएस) विधेयक अनुमोदन गरेसँगै भारतीय दण्ड संहिताको धारा ३७७ जस्तो प्रावधान हटेको बताइन् ।

उनका अनुसार भारतीय दण्ड संहिताको धारा ३७७ अनुसार कुनै व्यक्तिले अप्राकृतिक यौन सम्बन्ध राखेमा आजीवन कारावास वा जरिवानासहित १० वर्षसम्म कैदको व्यवस्था थियो ।–नेपालखबरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?