बुटवल । बुटवलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६ नरैनापुरमा लु.३ त २४५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका देवदह नगरपालिका–८ घर भई शुद्धोधन गाउँपालिका–५ मनपकडी बस्ने २० वर्षीय रोहित चौधरीको गम्भीर घाइते भएको थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

