बर्दियाको हुलाकी सडकमा चक्काजाम

बर्दिया । विंगरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको भन्दै पीडित पक्षले दोषीलाई कारबाही र क्षतिपूर्तिको मागसहित चक्काजाम गरेका छन् ।

बर्दिया गुलरिया र राजापुर जोड्ने सडक खण्डअन्तर्गत राजापुर नगरपालिका–१० खैरीचन्दपुरमा आइतबार चक्काजाम गरिएको हो । चक्काजामका कारण लामो तथा छोटो दुरीका सवारी साधनका यात्रु मारमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तिलकराम अर्यालले शुक्रबार मधुवन नगरपालिका–३ का ५४ वर्षीय नोके दमाईको मृत्युको घटनालाई लिएर चक्काजाम भएको बताए ।

नेपालगन्जबाट राजापुरतर्फ गइरहेको भे १ ज १३३७ नम्बरको यात्रुबाहक विंगर भ्यानको ठक्करले साइकलयात्रीको मृत्यु भएपछि पीडितले चक्काजाम गरेका छन्,’ उनले भने, ‘पीडित र यातायात समितिलगायत पक्षबीच क्षतिपूर्ति सम्बन्धमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?