मलेसिया । मलेसियामा काम गर्ने क्रममा दुइ तला माथिबाट खसेर गम्भीर घाइते भएका एक नेपाली युवकको मृत्यु भएको छ ।
बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रोल्पाको रण्टीगढी गाउँपालिका–२ जौलीपोखरीका विष्णुबहादुर बोहोराको उपचारका क्रममा जनवरी ८ को विहान मृत्यु भएको उनका बुवा होमबहादुुरले जानकारी दिए । बोहोरा करिब १५ अघि डिबिटिएस इन्डस्ट्रिजमा काम गर्नका लागि त्यहाँ पुगेका थिए ।
काम गर्ने क्रममा भवनको दुई तला माथिबाट खसेर गम्भीर घाईते भएका उनी दुई महिनादेखि त्यहाँस्थित टुंकु अम्पुन रहिमह अस्पताल क्लाङ मलेसियामा उपचाररत थिए ।
छोराको रेखदेख गर्न मलेसिया पुगेका होमबहादुरका अनुसार आइसियु कक्षमा राखेर उपचार गर्दागर्दै विष्णुबहादुरको मृत्यु भएको हो । होमबहादुर ८ जनवरी २०२४ को साँझ ६ बजेको उडानबाट नेपाल फर्किएका छन् ।
आवश्यक कागजपत्रहरु तयार भएपछि मृतकको शवलाई छिट्टै नेपाल पठाउने जानकारी रोजगारदाता कम्पनीले दिएको छ ।

