राष्ट्रविरोधी गतिविधि हुन नदिन एमाले महासचिवको जोड

गुल्मी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेका राजनीतक दल सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै राष्ट्रविरोधी गतिविधि हुन नदिनेतर्फ समाजका सबै वर्ग एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

एमाले जिल्ला कमिटीद्वारा तम्घासमा आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता बढ्नु चिन्ताको विषय भएको बताए ।

उनले भने, “ लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको छ, राष्ट्र विरोधी र अराजक शक्ति हाबी भएका छन् । त्यसो हुन नदिन सबै राजनीतिक पार्टी एकताबद्ध हुन आवश्यक छ । ”

महासचिव पोखरेलले देशको विकासालाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नुको उद्देश्य पनि राष्ट्र र समाजकै विकास भएको बताए ।

तीन दिनसम्म सञ्चालन प्रशिक्षणमा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापाले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?