एमाले पूर्वकेन्द्रीय सदस्य उज्ज्वल माओवादीमा प्रवेश, अर्घाखाँचीमा प्रचण्डले गरे स्वागत

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरे । खड्का पूर्वराष्ट्रियसभा सदस्यसमेत हुन् ।

खड्का एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँगै नेकपाकालपछि एमालेमा बसेका हुन् । उनी माओवादीको युद्धकालीन समयदेखि नै विशेष जिम्मेवारी लिएका नेता हुन् ।

पछिल्लो समय एमालेले उपयुक्त जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रायमाझी नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेपछि खड्का एमालेको कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटनपछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा उनी पनि उपस्थित छन् । प्रचण्ड प्रशिक्षण कार्यक्रमलाई करिब ४० मिनेट सम्बोधन गरेर काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ