४३ लाख रुपैयाँ ठग्ने युवती पक्राउ

काठमाडौं । माल्टामा आकर्षक रोजगारीमा पठाई दिनेभन्दै ४३ लाख रुपैयाँ उठाएर फरार भएको आरोपमा एक युवती पक्राउ परेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौको स्वयम्भु बस्दै आएकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रानाले मासिक एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुने भन्दै जान ८ लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएकी थिइन् । रानालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?