शीतगंगा महोत्सव सुरु

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ।

शीतगंगा नगरपालिका–२ सीतापुरको गैरीखेतमा सुरु भएको महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले उद्घाटन गरेका छन्म होत्सवको उद्घाटन गर्दै मन्त्री राणाले पहाडीगाउँमा बढ्दो बसाइँसराइ रोक्न घरेलु उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् । गाउँमा बसेर उद्योग सञ्चालन गर्ने युवालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताए ।

नेपालको सबैभन्दा ठूलो शीतगंगाको प्रचार–प्रसार र उद्योग स्थापनामा नगरपालिकाले कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

उनले नगरले बनाउने योजनामा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । शीतगंगा नगरपालिकालाई व्यावसायिक पर्यटकीय हिसाबले देश–विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए ।

नगरभित्र उत्पादित वस्तुको प्रवर्द्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि महोत्सवले निकै राम्रो भूमिका खेल्ने नगरप्रमुख छविलाल पौडेलले बताए ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जमशेर मियाँले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण अहिलेको अवस्थामा नभएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले तीनै तहका सरकारले उद्योग खोल्ने युवालाई सहयोग गर्नु अपरिहार्य भएको धारणा राखे ।

माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र दुई करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?