तिलोत्तमाले देव खनाललाई ५० हजार पुरस्कार दिने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु १९)का क्याप्टेन देव खनाललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ ।

शुक्रवार सम्पन्न आइसिसी यू–१९ विश्वकप २०२४ को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ६ मा प्रवेश गरेपछि कप्तान खनाललाई सम्मान गर्ने निर्णय भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार खनाल तिलोत्तमा नगरपालिकाका बासिन्दा भएको र उनको कप्तानीमा खेल सुपर ६ मा प्रवेश गरेकोले पुरस्कार स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको हो ।

´नेपालको शीर उँचो राख्ने काम देव खनालको अगुवाइमा भएको छ उनी हाम्रै पालिकाका बासिन्दा पनि हुन् त्यसैले नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार दिने निर्णय भएको हो, सुरेन्द्र श्रीले भने ।

यसअघि पनि तिलोत्तमा नगरपालिकाले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललाई विजयी बनाउन भुमिका निर्वाह गरेका कुशल भुर्तेल, देव खनाल र मौसम ढकाललाई जनही ५० हजार नगद सहित सम्मान गरेको थियो ।

´हामीले नगरका खेलाडीहरुलाई उर्जा दिनु पर्छ भनेर ५० हजार पुरस्कार दिने निर्णय गरेका हौं,खेलकुद क्षेत्रको बिकासमा हामी सधै युवाहरुको साथमा रहन्छौं,’ नगर प्रमुख रामकृष्ण खाणले भने ।

नेपालले समूह ‘डी’ को अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’मा तेस्रो बन्दै सुपर–६ मा पुगेको हो ।

अफगानिस्तानसँग रोमाञ्चक जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गरेको थियो। नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरेका थिए । सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?