अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका –६ साकिन्धाराका रामबहादुर विश्वकर्माको सडक दुर्घटनामा मृत्यु भएको छ ।
बिश्वकर्माको भारतको लखनउ शाहजहांपुरको थाना सेहरामउ दक्षिण अन्तर्गत बादशाह नगर चौराहमा टिपर र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते उनको उपचारका क्रममा मुत्यु भएको हो ।
मृतक बिश्वकर्माको आइतवार आफ्नो घरमा ल्याइ दाहसंस्कार गरिएको विकास सुनारले जानकारी दिए । मृतक विश्वकर्मा रोजगारीको क्रममा भारतको चिनी मिलमा काम गर्दै आएका थिए ।

