सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ : डा सङ्ग्रौला

लुम्बिनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने बताएकी छन् । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ , त्यहीअनुरुप व्यवहारमा देखिनु पर्दछ भनिन् ।

‘सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ अभियानको सिलसिलामा जिल्ला अभियानमा रहेकी नेता डा सङ्ग्रौलाले जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताइन् ।

उनले पार्टीलाई बलियो बनाउनका लागि अभियान प्रभावकारी रहने जनाउँदै पार्टी नेतृत्व एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भनिन् । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गरे । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ