नेपाल ‘ए’ को मुख्य प्रशिक्षकको दाबेदार बसन्त र शक्ति पनि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक निर्माण गर्न लागेको नेपाल ए टोलीको मुख्य प्रशिक्षकमा चार जना दाबेदार देखिएका छन् ।

नेपाल ए को मुख्य प्रशिक्षकमा घरेलुमा राम्रो गरेका र नेपालबाट खेलेका पूर्व खेलाडीहरु पहिलो रोजाइमा पर्ने अनुमान छ । नेपाल ए को मुख्य प्रशिक्षकको रुपमा ४ जना जगत टमाटा, बसन्त शाही, ज्ञानेन्द्र मल्ल र शक्ति गौचन दाबेदार देखिएका छन् ।

जगत टमाटा हाल यू–१९ विश्वकपमा नेपालको मुख्य प्रशिक्षकको रुपमा छन् भने ज्ञानेन्द्रले गत साउनमा मात्रै नेपाली क्रिकेट टोलीबाट डेढ दशक भन्दा बढी खेलाडी समयबाट विश्राम लिएका थिए ।

लुम्बिनी प्रदेशका मुख्य प्रशिक्षक बसन्त शाही पछिल्लो एक वर्षदेखि नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षकको रुपमा रहँदै आएका छन् ।

उनको मुख्य प्रशिक्षकमा नेपालले यू–१६ को एसीसी इस्टर्न रिजनको उपाधि जितेको थियो । २०२१ मा नेपालले यू–१९ एसिया कप खेल्दा उनी मुख्य प्रशिक्षक थिए ।

रुपन्देहीमा रहेर उनको प्रशिक्षणमा लगातार नयाँ खेलाडी उत्पादन गर्दै आएका छन् । पछिल्लो एक वर्ष देखि मोन्टी देशाईलाई सहायक प्रशिक्षकको रुपमा उनले साथ दिँदै आएका छन् । जसले गर्दा नेपाल ए का दाबेदार प्रशिक्षकमा उनी पनि पर्दछन् ।

यस्तै शक्ति गौचन पनि नेपाल ए का दाबेदार प्रशिक्षक हुन् । उनी नेपालका सर्वाधिक सफल स्पिन अलराउन्डर हुन् । उनले २००२ देखि २०१८ सम्म नेपाली टोलीबाट खेलेका थिए ।

शक्ति सफल खेलाडीमात्रै होइन प्रशिक्षक पनि हुन् । नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्ल शक्तिकै उत्पादन हुन् । त्यस्तै सुशन भारी पनि शक्तिकै चेला हुन् । उनले यू–१९ र घरेलु क्रिकेटमा केही खेलाडी तयार पारिसकेका छन् ।

भैरहवामा आफ्नै स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् शक्तिले । सरल र हसिलो स्वभावका शक्तिले दुई महिना अघि सिंगापुर पुगेर आइसीसी लेभल–२ कोचिङ कोर्ष गरेका थिए । त्यसैले गर्दा शक्ति पनि नेपाल ए का दावेदार प्रशिक्षक हुन् ।

छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई मुख्य आधार मानेर निर्माण हुने नेपाल ए टोलीमा आईसीसी यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरु पनि रहनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?