आजदेखि रानीमहल जाने सडक ४८ दिन बन्द हुने

बुटवल । पाल्पाको पर्यटकीयस्थल रानीमहल जाने सडक आजदेखि ४८ दिन बन्द हुने भएको छ । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न माघ १७ गते बुधबारदेखि आगामी चैत ५ गतेसम्म सडक बन्द गर्न लागिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द हुने भएकाले सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको कार्यालय प्रमुख बासुदेव भण्डारीले बताए । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान गर्ने निर्णय गरेको उनले बताए ।

तानसेनदेखि १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुँदा तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठ्यारो भीर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?