रामग्राम स्तूप निजी क्षेत्रलाई दिइएकोप्रति सरोकारवालाको आपत्ति

परासी । भगवान गौतम बुद्धको अस्थिधातु समाधिस्थल निजी कम्पनीलाई लिजमा दिने निर्णयप्रति जिल्लाका सरोकारवालाले विरोध जनाएका छन् ।

रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरातात्त्विक स्थलको संरक्षणमा सरकार पछाडि हटेर निजी कम्पनीलाई दिनु बदनियतपूर्ण रहेको उल्लेख गरेको छ ।

सस्थाका अध्यक्ष शम्भु उपाध्यायले जारी गरेको विज्ञप्तिमा लुम्बिनी विकास कोषको अधीनमा रहेको स्थललाई कोषले नै संरक्षण गर्नुको साटो द प्रमिस्ड ल्याण्ड नामक संस्थालाई लिजमा दिईएको समाचार सञ्चार माध्यममा आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निजी कम्पनीलाई दिने भनिएको सम्झौता तत्काल बदर गरेर सम्बन्धित सरकारी निकायले नै यसको संरक्षण गर्नुपर्ने माग गरिएको छ ।

जिल्लाका विभिन्न संघसस्था र बुद्धिजिवीले समेत सरकारको यो कदमको विरोध जनाएका छन् ।–कान्तिपुरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?