बुटवल । लुम्बिनी विकास बैंक लिमिटेडले बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई ‘माइक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुविधाका लागि आउने आँखाका बिरामीहरूलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिदका लागि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।
बैंकका कार्यकारी अधिकृत नरेशसिंह बोहरा, मुख्य प्रबन्धक दीपक खनाल, शाखा प्रमुखलगायत अस्पतालको तर्फबाट पनि विभिन्न पदाधिकारीको उपस्थिति रहको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणाले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।

