नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहास बनाएर अप्रेसन

बाँके । नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहास बनाएर सफल अप्रेसन गरिएको छ ।

नेपालगन्ज–११ की रेखा कश्यप र सुर्खेत वीरेन्द्रनगर–१ कि दिपा गौतमको सफल अप्रेसन गरिएको नेपालगन्ज मेडिकल कलेजले जानकारी दिएको छ ।

उक्त अप्रेसनमा शल्यक्रिया न्युरोसर्जरी विभागका डा। मनीषा कोलाक्षपति, डा। नीरज घिमिरे, डा। सुबोध गौतम, डा. उपमा शर्मा र एनेस्थेसिया डा। नवीनकुमार रेग्मी, डा. कपिल पोखरेल लगायतको टोली सहभागी थियो ।

अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया पश्चिम नेपालमा पहिलो पटक भएको अस्पतालले दाबी गरेको छ। अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकार को शल्यक्रिया हो ।

शल्यक्रियाको दौरान बिरामीलाई हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरा हरु सोधै शल्यक्रिया गर्ने गरिन्छ। यो शल्यक्रियामा एनेस्थेसियोलोजिस्टद्वारा बिरामीलाई यस्तो प्रकारको एनेस्थेसिया ९औषधि० दिइन्छ, जसले गर्दा बिरामीलाई शल्यक्रियाका दौरान कुनै किसिमकोको डर र दुखाइ महसुस हुँदैन ।

रेखा कश्यपलाई हात खुट्टाको मोमेन्, बोली, र स्मरणशक्ति बचाउनको लागि मस्तिष्कमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको थियो ।

दीपा गौतमलाई भने हात खुट्टाको मोमेन्ट र आँखाको दृष्टि जोगाउनको लागि दोस्रो अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । हाल दुवै बिरामीलाई डिस्चार्ज गरी घर पठाइएको छ ।

जटिल खालका उपचारमा यो पश्चिम नेपालकै एउटा उपलब्धि भएको नेपालगन्ज मेडिकल कलेजका सञ्चालक सुरेश कनौडियाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ