back to top

वृद्धाको हत्या आरोपमा रुपन्देहीका एक युवक पक्राउ

बुटवल । वृद्धालाई कुटपिट गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

मंगलबार राति सियारी गाउँपालिका–७ रामजान का ७० वर्षीया उजेली लोधलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही स्थानका २९ वर्षीय प्रभुनाथ थारुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय छपियाले रुपन्देहीले थारुलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उजेली आफ्नै कोठमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्ति आई कुटपिट गरी सख्त घाइते बनाइ फरार भएका थिए ।

घटनापश्चात् तत्कालै पुगेको प्रहरीले घाइतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाएकोमा उजेलीको मृत्यु भएको थियो ।

घटनामा संलग्न व्यक्तिको खोजलतास गर्ने क्रममा प्रभुनाथ लाई कुटपिट गरेको प्रमाणसहित तत्काल पक्राउ गरिएको र बुधबार रुपन्देही जिल्ला अदालतमा पेस गरी अदालतबाट १० दिनको म्याद थप लिइ अनुशन्धान जारी राखिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले बताए । भट्टका अनुसार, कुटपिटमा थारुले प्रयोग गरेको फलामे हथौडा बरामद भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?