सियारीका सुकुमबासीलाई लालपुर्जा

तिलोत्तमा । रुपन्देहीको सियारी गाउँपालिका–१ र ७ का दर्जन बढी अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवम् सियारी गाउँपालिका रुपन्देहीको समन्वयमा सोमबार एक कार्यक्रमकाबीच स्थानीयलाई पुर्जा हस्तान्तरण गरिएको हो ।

उक्त पुर्जा वितरण कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफूहरु निर्वाचनमा होमिँदा गरेको वाचामध्येको पुर्जा वितरण कार्य सुरु गर्न पाएकोमा खुसी लागेको बताए ।

उनले आगामी दिनमा थप स्थानीयलाई आवश्यकता र मिल्ने आधारमा लालपुर्जा दिने कामका लागि लागिपर्ने बताए । निर्वाचित भएको ६ महिना बितिसकेपछि भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको उनको भनाइ छ ।

अध्यक्ष घिमिरेले आफूहरु निर्वाचित भएको ६ महिनामा २५० वटा लालपूर्जा वितरण गरेको जनाए । उनले फागुन मसान्तसम्म सियारीमा ४५० वटा लालपूर्जा वितरण गरिने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ