कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

खजुरा । बाँके प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गत महिना आफ्नै छिमेकी एक व्यक्तिलाई कुटपिट गरी फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न रही फरार रहेका बाँकेको जानकी गाउँपालिका–१ का ३२ वर्षीय बाटुर भन्ने ईसरार खाँलाई पक्राउ गरेको हो ।

ईसरारले सोही ठेगाना भएका आफ्नै छिमेकी २३ वर्षीय मुनिर भन्ने अरमान खानलाई कुटपिट गरी मारेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

गत माघ महिनाको १९ गते गाउँमा आपसी विवाद हुँदा ईसरारले अरमानलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका अरमानलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि पुर्‍याइएको थियो । उपचारका क्रममा अरमानको माघ २३ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरमानलाई कुटपिट गरी घाइते बनाएपछि ईसरार फरार थिए । प्रहरीले कुटपिटमा संलग्न फरार रहेका ईसरारलाई फागुन १८ गते पक्राउ गरेको र २० गते बाँके जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?