back to top

बौदीकालीले जित्यो अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि

रामपुर । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ ।

पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३-० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि चुम्न सफल भएको छ ।

फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले क्रमशः २५-२२, २५-१८ र २५-१४ जित्या । चापाकोट उपविजेता बन्दा घिरिङ गाउँपालिका तनहुँ तेस्रो भएको छ ।

निस्दी गाउँपालिकालाई २५-१३, २५-२२ र २८-२६ अङ्कसहित ३-० को सोझो सेटमा पराजित गर्दै घिरिङ तेस्रो भएको छ भने निस्दी गाउँपालिका चौथो भएको छ ।

उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीका दानबहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोटका विवश थापा र उत्कृष्ट कोच बौदीकालीका सञ्जित सिञ्जाली घोषित भएका छन् ।

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले विजेतालाई पुरस्कार वितरण गर्नुभयो । विजेता टोलीले रु एक लाख ३० हजार, दास्रो हुनेले रु ८० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी छ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?