बुटवलमा झोलुङ्गे पुलका फोटो प्रदर्शनी

बुटवल । लुम्बिनी प्रदेशको भौतिक बिकास मन्त्रालयको आयोजनामा बुटवलमा झोलुङ्गे पुलका फोटो प्रदर्शनी सम्पन्न भएको छ ।

आइतबार भएको फोटो प्रदर्शनीको अवलोकन गर्दै लुम्बिनी प्रदेशका भौतिक बिकासमन्त्री धर्म बहादुर चौधरीले तुइन विस्थापन गरी झोलुङ्गे पुलको निर्माणले जोखिम कम भएको बताए ।

उनले झाेलुङ्गे पुलको निमार्णले ब्यापार/ब्यबसाय, आन्तरिक तथा बाहय पर्यटनमा वृद्धि, जनताको आयआर्जनमा वृद्धिसँगै समयको समेत बचत गर्ने बताए ।

यातायात पुर्वाधार निर्देशनालय बुटबलका निर्देशक भिमार्जुन पाण्डेले देशभर निर्माण भएका दश हजारबढी झोलुङ्गे पुलमध्ये १३ सय बढी पुल लुम्बिनी प्रदेशमा निमार्ण भएको बताए ।

पुरानो प्रविधिलाई विस्थापन गर्दै स्विस सरकारको सहयोगमा पर्यटनको हिसाबले समय सापेक्ष ठुला र लामा झोलुङ्गे पुल निर्माण गरिएको उनले बताए । बार्षिक ७/८ सय झोलुङ्गे पुलको माग हुने गरेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ